Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्यटनमन्त्रीद्वारा पशुपति क्षेत्रको अवलोकन


    मंगलबार, भाद्र १० २०८२
    495
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पशुपति क्षेत्र विकास कोष अध्यक्ष बद्री पाण्डेले हरितालिका तिजका अवसरमा पशुपतिनाथ मन्दिर परिसर अवलोकन गरेका छन् ।

    मन्त्री पाण्डेले पशुपतिनाथ पुगेर दर्शनार्थीहरूसँग संवाद गर्दै त्यहाँको व्यवस्था र अवस्थाबारे चासो देखाए । उनले दर्शनका लागि भक्तजनलाई सहज वातावरण मिलाउन कोषले गरेको प्रयासप्रति सन्तोष व्यक्त गरे ।

    मन्दिर दर्शन गर्न आउने जो कोहीलाई पनि छिटोछरितो तथा व्यवस्थित रूपमा दर्शन गर्न पाउने वातावरण कायम गर्न कोषका कर्मचारीलाई आवश्यक निर्देशन दिए ।

    पशुपति मन्दिर पुगेका भक्तजनको सहज पूजाअर्चना सुनिश्चित गर्न विशेष ध्यान दिएका मन्त्री पाण्डेले शान्ति–सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूसँग समेत प्रत्यक्ष जानकारी लिए ।

    यस वर्ष विगतका तुलनामा बढी सहज र व्यवस्थित वातावरणमा पूजा-दर्शन गर्न पाएको अनुभव सुनाउँदै दर्शनार्थीले कोष, सुरक्षाकर्मी तथा व्यवस्थापकीय निकायको कार्यको प्रशंसा गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार