Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराष्ट्रपति भण्डारी र रास्वपा प्रवक्ता झाबीच भेटवार्ता


    मंगलबार, भाद्र १० २०८२
    795
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाबीच आज भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति निवास भंगालमा उनीहरूबीच भेटवार्ता भएको हो ।

    रास्वपाका प्रवक्ता झाका अनुसार कुराकानीमा पूर्वराष्ट्रपति भण्डारीले रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागारमा राखिएकामा आफू सन्तुष्ट नरहेको बताइन् । सहकारी बचत रकम अपचलन मुद्दामा सुरूमा रूपन्देही कारागारमा राखिएका रविलाई हालै नख्खु कारागार ल्याइएको छ ।

    साथै, राजनीतिमा युवापुस्ता नयाँ विचारसहित आएको भन्दै उनले प्रशंसासमेत गरेकी थिइन् । भण्डारीसँगको भेटमा आफूले एमालेको पार्टी सदस्यताबारे पनि चासो राखेको प्रवक्ता झाले बताए ।

    एमालेको गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको थियो । तर, भण्डारीले राजनीतिक गतिविधिहरू गर्दै आएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार