Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • २०८४ सम्म देश नयाँ शक्तिको हातमा पुग्ने बाबुराम भट्टराईको दाबी


    मंगलबार, भाद्र १० २०८२
    825
    Shares
    8f e§/fO{ /f;;;Fu cGtjf{tf{ sf7df8f}F, @ c;f]h M k"j{k|wfgdGqL Pjd g]kfn ;dfhjfbL kf6L{sf cWoIf 8f afa'/fd e§/fO{ ;+ljwfg lbj;–@)*) sf] k"j{;GWofdf /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu cGtjf{tf{ lbg''x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले २०८४ सम्ममा देश नयाँ र वैकल्पिक शक्तिहरुको हातमा पुग्ने दाबी गरेका छन्।

    पुराना दलहरू समयअनुकूल रुपान्तरण हुन नसक्दा जनताले नयाँ विकल्प खोजिरहेको उनको भनाइ छ । ‘नयाँ र वैकल्पिक शक्तिहरुबीच सहकार्य र मोर्चाबन्दीमार्फत देशलाई विकल्प दिने बेला आएको छ।’

    गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र संविधानका आधारभूत स्तम्भ भएको उल्लेख गर्दै उनले चेतावनी दिए।

    राजनीतिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक सांसद प्रणाली आवश्यक रहेको उनको दाबी छ।

    देशको अर्थतन्त्र उत्पादनमुखी नबन्दा युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको उल्लेख गर्दै उनले थपे, ‘हामी श्रम निर्यात गरेर रेमिट्यान्समा टिकेका छौँ। यो नै अहिलेको मुख्य समस्या हो।’

    त्यस्तै, उपसभामुखलाई हटाउने प्रयास र संवैधानिक परिषद् सम्बन्धी विधेयकमा सरकारले ल्याएको प्रावधानलाई उनले विधिको शासनविपरीत बताउँदै भने, ‘६ जना भएको संस्थामा ३ जना उपस्थित भएर २ जनाले मात्रै निर्णय गर्ने प्रावधान हास्यास्पद छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार