रौतहट । सशस्त्र प्रहरीद्धारा रौतहटको ईशनाथ नगरपालिका–४ मठिया गाउँ छेउमा लुकाई छिपाई राखिएको ठूलो परिमाणमा अबैध सुर्ती बरामद गरिएको छ।
विशेष सूचनाका आधारमा आईतवार राती पौने १२ बजे सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हे.क्वा. रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतको नेतृत्वमा औरैयास्थित वि.ओ.पि.का इञ्चार्ज इन्स्पेक्टर खेमराज जोशी सहितको टोलीले खानतलासी तथा चेकजाँच अभियान सञ्चालन गरेको थियो।
खोजतलासको क्रममा ईशनाथ–४ स्थित राम सिंह चनौको भट्टी पसल छेउमा रहेको चुमन मियाको धान खेतमा अबैध रुपमा भण्डारण गरी राखिएको ३० बोरा (करिब ७४५ केजी) सुर्ती तथा सुर्तिजन्य पदार्थ फेला परेको एसपी बस्नेतले बताएका छन्।
बरामद गरिएको सामग्रीको अनुमानित मूल्य करिब ३ लाख ६२ हजार ७५० बराबर हुने बताइएको छ।
सशस्त्र प्रहरीले बरामद गरेको सुर्ती आवश्यक कानूनी प्रक्रिया पूरा गरी गौर भन्सार कार्यालयमा बुझाएको जनाएको छ। रौतहट, बारा,पर्सा, सर्लाही लगायतका तराई–मधेसका सीमावर्ती क्षेत्रहरू अबैध सुर्ती, मदिरा तथा अन्य उपभोग्य वस्तुहरूको भण्डारण र तस्करीका लागि संवेदनशील मानिन्छन्।
भारतीय बजार नजिकै भएकाले सस्तोमा सामान भित्र्याई नेपालमा बिक्री वितरण गर्ने कार्य बढ्दो छ। यसरी पटक–पटक ठूलो परिमाणमा सुर्ती बरामद हुनु भनेको सीमामा अझ कडाइ आवश्यक रहेको स्पष्ट सन्देश हो। साथै, स्थानीय भट्टी, पसल र खेतहरूलाई भण्डारण स्थलको रूपमा प्रयोग गरिएकोले निगरानी संयन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend