Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • दिलेन्द्र बडुलाई राज्य व्यवस्था समितिको सभापति बनाउँदै कांग्रेस


    सोमबार, भाद्र ९ २०८२
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिमा दिलेन्द्रप्रसाद बडुलाई पठाउने नेपाली काँग्रेसले तयारी गरेको छ ।

    यद्यपि निर्णय भने भई नसकेको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए । काँग्रेसका सांसद एवं समितिका एक सदस्यका अनुसार बडुलाई सभापति बनाउने गरी गृहकार्य सुरु भएको हो । बडू पूर्वमन्त्री समेत भइसकेका छन् ।

    सभामुख देवराज घिमिरेले समिति सभापतिको निर्वाचनको मिति बुधबारलाई तय गरेका छन् । नियमावलीको व्यवस्थाअनुसार सभापति रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने व्यवस्था छ । गठबन्धनको दलको सहमति अनुसार समितिको सभापति नेपाली काँग्रेसले पाउने छ ।

    संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार