Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक बस्दै


    सोमबार, भाद्र ९ २०८२
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक बिहान १० बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

    प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले सोमबार बिहान बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिए।

    यस्तै संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले राजीनामा दिएकोबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार