Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता


    आइतबार, भाद्र ८ २०८२
    720
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।

    काठमाडौं महानगरपालिका–१२, टेकु दोभानस्थित वंशिघाट बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ८ वर्षीय सुदीप गौतम बेपत्ता भएका हुन्।

    हिजो (भदौ ७ गते) दिउँसो साढे २ बजे नदीमा डुबेर बेपत्ता भएका बालकको खोजीकार्यको लागि सशस्त्र प्रहरी परिचालन भएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन्।

    सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलवाराही गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज उनको खोजीकार्यमा परिचालित भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार