Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से परिसूचक १८ अङ्कले घट्यो


    आइतबार, भाद्र ८ २०८२
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

    आइतबार नेप्से परिसूचक १८.०२ अङ्क घटेर २७३९.९५ विन्दुमा पूगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.८६ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.३१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अङ्क घटेको छ।

    नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ५ अर्ब २ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आइतबार ३२३ स्टकको ५८ हजार १०५ पटकको कारोबारमा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार रुपैयाँबराबरको १ करोड ४० लाख ९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार