काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले रुपन्देही–३ मा आफ्नै उम्मेदवार उठाउने भएको छ । कात्तिक १७ मा हुने उपनिर्वाचनमा अन्य दलसँग चुनावी गठबन्धन नगर्ने माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले अन्य दलको उम्मेदवारलाई समर्थन नगर्ने जानकारी गराए ।
अन्य दललाई समर्थन नगर्ने माओवादी केन्द्रको बटमलाइन रहेको जिसीले बताए । यसअघिका दुई निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार यस क्षेत्रमा थिएनन् ।
राप्रपाबाट निर्वाचित दीपक बोहराको निधन भएको हुँदा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको छ । उपनिर्वाचनका लागि दलहरू र स्वतन्त्र उम्मेदवारहरूले प्रचार सुरु समेत गरिसकेका छन् ।
मुख्य दलहरूमा एमालेबाट उम्मेदवारका लागि चार आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिएको छ । रास्वपाले आकांक्षी ९ बाट भदौ १५ गते उम्मेदवार छनोट गर्ने भएको छ ।
कांग्रेसले तल्लो तहबाट नाम सिफारिस गर्न परिपत्र गरिसकेको छैन ।
काठमाडौँ। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका...
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकले नेपाल राष्ट्र बैंक,२०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त...
तनहुँ ।जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नं १ का भूमिहिन सुकुम्बासी तथा भूमिहिन दलित १० परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको...
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ । ...
काठमाडौं। चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला परेको छ। रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण सुरुङभित्र फसेकाहरूको खोजी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend