Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे राष्ट्रपति पौडेल


    आइतबार, भाद्र ८ २०८२
    485
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीकी आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

    इजरायल पुगेर फर्केकी विपिनका आमा पद्मा र पुष्पा जोशीले आइतबार राष्ट्रपति पौडेललाई भेटेका हुन् । उनीहरुले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।

    इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेर उनीहरूले यो विषयलाई अन्तर्राष्ट्रियकरण गरेका थिए ।

    भेटका क्रममा उनीहरुले वीपीनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन् । आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरिन् ।

    भेटमा राष्ट्रपति पौडेलले वीपीनको रिहाइका आफूले थप प्रयास गर्ने बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार