Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अपडेट: सुटकेसभित्र भेटिएको युवतीको शवको सनाखत


    आइतबार, भाद्र ८ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । रौतहट सदरमुकाममा आज बिहान सुटकेसभित्र फेला परेको युवतीको शवको सनाखत भएको छ।

    उक्त शव रौटहटको माधव नारायण नगरपालिका- २ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।

    गौर नगरपालिका- ९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति नै स्थानीयले शंकास्पद अवस्थामा ठूलो सुटकेस देखेका थिए। त्यतिबेलै स्थानीयले प्रहरीलाई खबर गरेका भए पनि प्रहरीले आज बिहान मात्रै सुटकेस खोलेर हेरेको हो।

    घाँटी कसेर युवतीको हत्यापछि शव सुटकेसमा राखिएको अनुमान प्रहरीले गरेको छ। तर, हत्या कसले र किन गर्‍यो खुलि नसकेको डीएसपी कार्कीले बताए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।

    रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन्। उनी अहिले रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टीमा माइती घरमै बस्दै आएकी थिइन्। पतिसँगको उनको सम्बन्धको विषयमा हालसम्म केही खुलेको छैन।

    अहिले उनका माइती पक्षका मान्छेलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएइएको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले जनकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार