Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ तोलामा २३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    आइतबार, भाद्र ८ २०८२
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(आइतबार) तोलामा २३ सय रुपैयाँ बढेको हो ।

    आज छापवाल सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रवार भने सुन तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँ बढेर आज २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार प्रतितोला २ हजार ३ सयमा १० रुपैयाँमा कायम भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार