नेपाल फेस डटकममा २०८२ साउन २१ गते ‘टोखाका हाकिम बीसीले गरे मापदण्डबिपरीत बनेको सिटी स्क्वायरको नक्सा पास, आर्थिक चलखेलको आशंका’ र २०८२ भदौ १ गते ‘टोखा नगरपालिकामा आफ्नै हात जगन्नाथ, नगरगानमा मेयरकै श्रीमती प्रथम, टोखा नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतकै मिलेमतोमा शृंखलाबद्ध भ्रष्टाचार’ शीर्षकमा प्रकाशित समाचारप्रति टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरी गएको साउन २१ गते सरुवा भएका शेरबहादुर बीसीले आपत्ति जनाउँदै खण्डन पठाएका छन् ।
नेपालफेस डटकमको इमेलमा प्राप्त बीसीको खण्डनमा उल्लेख छ–हाल म नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिव पदमा कार्यरत छु । मन्त्रालयले २०७९ चैतदेखि टोखा नगरपालिकामा सरुवा गरेपश्चात् निरन्तर रुपमा नगरपालिकाको काममा कानूनको अधिनमा रही प्रमुख प्रशासकीय अधिकृतले निर्वाह गर्नुपर्ने उत्तरदायित्व इमान्दारिताका साथ अहोरात्र खटी निर्वाह गर्दै आएको र नगरपालिकामा कार्यरत रहँदा सार्वजनिक जग्गा संरक्षण, आन्तरिक आयबृद्धि, सूचनामैत्री सेवा प्रवाह, सरसफाइ, सम्पदा संरक्षण लगायतका क्षेत्रमा मेरो योगदान त्यहाँका जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, राजनीतिक दल, आमनागरिक, संचारजगत सबैलाई अवगत छ । साथै, कुनै पनि दिन बिदामा नबसी बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म नगरपालिकाको सेवाप्रवाहमा मेरो विवेक, सामथ्र्य र समयले भ्याएसम्म खटी काम गरेको छु । सार्वजनिक जग्गा संरक्षण लगायतका कार्यमा पुर्याएको योगदान विभिन्न सञ्चारमाध्यममा आएका समाचार, भिडियोले यी सबै बिषयको जवाफ मिल्छ ।
टोखा नगरपालिकाबाट मिति २०८२ साउन २१ गते रमाना लिई जाँदासम्म इमान्दारिताका साथ काम गरेको छु । मैले टोखा नगरपालिकामा बस्दा गरेका कामको उचित मूल्यांकन गरी ससम्मान बिदाइ गरेको १० दिनपछि मेरो व्यक्तिगत तथा पेशागत प्रतिष्ठामाथि आँच आउनेगरी पूर्ण रुपमा निराधार, असत्य, एकपक्षीय र प्रमाणरहित सामाचार प्रकाशन हुनुले मेरो मनोबल गिराई अत्यन्त दुखित तुल्याएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा मेरो देहाय अनुसार बुँदागत प्रतिक्रिया एवं खण्डन रहेको छ । उक्त खण्डन एवं प्रतिक्रियालाई स्थान दिनुहुन अनुरोध गर्दछु ।
देहाय
मेरो सरुवाको पत्र साउन २० गते टोखा नगरपलिकामा दर्ता भई २१ गते नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत र बिदाई कार्यक्रम एकै साथ सम्पन्न भएको । नगर सभा सम्पन्न पश्चात् योजना किताब तयारी गर्न र कार्यालयका अनिवार्य दायित्वका कार्य गर्नुपर्ने हुन्छ । सोका लागि टोखा नगरपालिकाको काम सम्पन्न नगरी गैरजिम्बेवारी पूर्णरुपमा जना नमिल्ने भई नगर प्रमुखज्युको आग्रह अनुसार अनिवार्य दायित्वका काम सम्पन्न गरी बिदाइ भएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन तथा नियमावलीले सरुवा भएको कर्मचारीले सरुवा भएको २१ दिनभित्र रमाना लिनुपर्ने कानुनी व्यवस्था गरेको व्यहोरा अनुरोध छ ।
सम्माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र स्वकीय सचिव भानु देउवासँग मेरो नाम जोडी निजहरुको चरित्रहत्या भएको छ, यस बिषयमा कुनै सत्यता छैन । कमिसन उठाएको भन्ने कुरा पूर्णरुपमा असत्य र प्रमाणविहीन छ ।
सामाखुसी चोकमा बनेको सिटी स्क्वायार मलको नक्सा पास गर्दा २५ लाख घुस लिएको, इशान बाल तथा महिला अस्पतालको नक्सापास गर्दा मोटो रकम लेनदेन गरेको भन्ने विषयमा पूर्णरुपमा प्रमाणबिहीन, असत्य, कपोकल्ल्पित, भ्रामक, आधारहीन आरोपमात्र हो । कुनै पनि बिचौलिया मार्फत् पैसा बुझेको भन्ने कुरा प्रमाणबिहीन र पूर्णरुपमा गलत छ । कुनै पनि सेवाग्राहीलाई हैरान गर्ने, दुःख दिने जस्ता व्यवहार मबाट कहिल्यै पनि भएको छैन । ‘कानूनमा कडा व्यवहारमा नरम’ हुनुपर्दछ भनी सबै कर्मचारीहरुलाई असल व्यवहार प्रकट गर्न विभिन्न क्षमता विकास कार्यक्रम संचालन गर्ने काम मैले टोखा नगरपालिकामा शुरुवात गरेको हो ।
टोखा नगरपालिकाको आ.व. २०८१ र ०८२ को नगरसभाको बुँदा नं ४२ मा टोखा नगरपालिकाभित्र रहेका Building Compliance for Safer Building Construction, (NBC – 2020 ) लागु हुनुपूर्व निर्माण भएका भवनहरुको अभिलेखिकरण गर्ने निर्णय भएअनुसार टोखा नगरपालिका नगरकार्यपालिकाको नवांै बैठकबाट स्वीकृत भई “निर्माण सम्पन भवनको अभिलेखिकरण कार्यबिधि २०८१’ जारी गरी सोको आधारमा कार्यपालिकाको बैठकको निर्णय अनुसार मिति २०८१ फागुन ८ गते ९० दिनको सार्वजनिक सूचना जारी गरी सो अबधिभित्र दर्ता भएका पूर्वनिर्मित ४० वटा भवनहरुको कार्यविधि अनुसारको सम्पूर्ण प्रक्रिया पूरा गरी कानुनसम्मत ढंगवाट अभिलेखिकरण गरिएको हो । यो कुनै नक्सापास भएको भन्ने बिषय नभई करको दायरामा ल्याउनका लागि टोखा नगरपालिकाले चलाएको निश्चित समयको अभिलेखिकरण अभियान हो ।
टोखा नगरपालिकामात्रै नभएर काठमाडौं उपत्यकाभित्रका र उपत्यका बाहिरका थुप्रै पालिकामा सम्पन्न भएपश्चात टोखा नगरपालिकाले कार्यान्वयन गरेको हो । यसबाट टोखा नगरपालिकाले राजश्व बृद्धि गरेको छ । म टोखा नगरपालिकामा आउनु भन्दा अगाडि नक्सापास भई निर्माण भएको पूर्वनिर्मित सिटी स्वायर मलको अभिलेखिकरण मिति २०८१ चैत १५ गते भएको र निजबाट अभिलेखिकरण गर्दा दस्तुर र जरिवाना बापत रु. ५७ लाख १५ हजार ८ सय राजश्व टोखा नगरपालिकालाई प्राप्त भएको ।
त्यसैगरी, इशान बाल तथा महिला अस्पतालको पूर्व निर्मित भवनको अभिलेखिकरण समेत माथि उल्लेखित प्रकृयावाटै अभिलेखिकरण दस्तुर र जरिवाना रु.१२ लाख ६ हजार ३७० लिई कानुनसम्मत ढंगबाट भएको व्यहोरा स्पष्ट पार्दछु । तसर्थ सिंगो टोखा नगरपालिकाको नगरसभा र कार्यपालिकाको निर्णयबाट भएको कानुनसम्मत कार्य भएको स्पष्ट पार्दछु ।
टोखा नगरपालिका वडा नं १ मा पर्ने बौडेश्वर मन्दिरमा साउन महिनाको अन्तिम सोमवारको दिन भएको बिशेष धार्मिक मेलामा सोमेला आयोजक समितिको निमन्त्रणामा मन्दिर दर्शन गर्न गएको बिषयलाई डाँडाकाडाँ घुमिरहेको भन्ने समाचारले मेरो व्यक्तिगत स्वतन्त्रताको हक हनन् भएको छ ।
टोखा नगरपालिका वडा नं ९, १० र ११ को सिमानामा पर्ने बिच बिनायक गणेश मन्दिरको नजिकै पश्चिमतर्फ रहेको भजनपाटी मिति २०४३ सालमा पुनर्निमाण भएको हो । सो मन्दिर र भजनपाटीको संचालन तथा व्यवस्थापन गर्न बिच बिनायक गणेश मन्दिर पूजा आजा एवं जात्रा व्यवस्थापन मूल समिति (गुठी) स्थापना भई कार्य गर्दै आएको छ । स्थानीय तहको निर्वाचन २०७४ पश्चात निर्वाचित जनप्रतिनिधिहरुवाट सो भजनपाटीलाई स्थानान्तरण गरी सो ठाउँको बाटोलाई बिस्तार गर्ने पहल हुँदै थियो । यद्यपि लामो समयदेखि सो काम सम्पन्न हुन सकेको थिएन । पछिल्लो निर्वाचन पश्चात निर्वाचित नगर प्रमुख, वडाअध्यक्षहरु लगायत जनप्रतिनिधिहरुको अगुवाईमा बाटो बिस्तार र सम्पदा संरक्षणको बिषयलाई एक साथ सम्बोधन गर्नेगरी उक्त गुठीको सर्वसम्मत निर्णयबाट भजनपाटी स्थानान्तरण गरी सो स्थानमा फल्चा\भाले स्तम्भ निर्माण गर्ने र भजनपाटीलाई वडा नं १० को भुई तल्लामा सार्नेगरी नगरसभा र कार्यपालिकाबाट निर्णय भएको र कानुन बनाई बिच बिनायक गणेश मन्दिर पूजा आजा एवं जात्रा व्यवस्थापन मूल समिति (गुठी) को नाममा अक्षयकोष स्थापना गरी सम्पदा संरक्षणका लागि ५० लाखको अक्षयकोष स्थापना भइसकेको अवस्था हो । सो स्थानमा बाटो अत्यन्त साँघुरो भई सवारी साधन आवत जावतमा अत्यन्त कठिन भएको, एम्बुलेन्ससमेत नछिर्ने अवस्था रहेको, सवारी साधन जाम हुने गरेको, पटक पटक दुर्घटना भई मानिसहरुको मृत्युसमेत भइसकेकाले नगरपालिकाले भजनपाटीको उचित व्यवस्थापन गरी बाटो बिस्तार गर्न खोजेको व्यहोरा अनुरोध छ । सो भन्दा बाहेक व्यापारीक कम्प्लेक्सलाई फाइदा पुर्याउने कुनै स्वार्थ नरहेको स्पष्ट पार्दछु । शेरबहादुर बागचन्द (बीसी), उपसचिव
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend