Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लुम्बिनीका ६ जिल्लामा भोलि सार्वजनिक बिदा


    शनिबार, भाद्र ७ २०८२
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटबल । लुम्बिनी प्रदेश सरकारले भोलि यस प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

    थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिएको हो ।

    थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।

    यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ। यो पर्व पश्चिममा थारू समुदायले भब्यताका साथ मनाउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार