काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका १२ नेपालीमध्ये ५ जनाको शव नेपाल ल्याइएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार बाँकी ७ जनाको शव पठाउने प्रक्रिया सुरु भएको छ ।
ज्यान गुमाउनेमा मोरङ, स्याङ्जा, लमजुङ, ताप्लेजुङ, भोजपुर, नवलपरासी र कपिलबस्तुका नागरिक छन् । श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार १३ जना अस्पतालमा उपचाररत छन्, जसमध्ये ७ जना आईसीयूमा छन् भने बाँकी डिस्चार्जको प्रक्रियामा छन् ।
यसअघि १६ नेपालीको मृत्यु भएको समाचारप्रति उनले खण्डन गर्दै जम्मा २३ जनाको मृत्यु भएको बताए, जसमा १२ नेपाली र अन्य नेपाली भाषी तथा विदेशी नागरिक छन् ।
कुवेत प्रहरीले विषाक्त मदिरा उत्पादन र बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरेको छ, जसमा नेपाली पनि हुन सक्ने आशङ्का छ । पक्राउमध्ये एक बङ्गलादेशी नागरिकमाथि आपराधिक नेटवर्क सञ्चालनको आरोप छ ।
प्रहरीले ६ कारखाना नियन्त्रणमा लिएको छ भने ४ कारखाना सञ्चालनको तयारीमा थिए । कुवेतमा मदिरा उत्पादन र आयात प्रतिबन्धित छ, तर अवैध रूपमा उत्पादन हुने गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १६० जना बिरामी छन्, जसमध्ये ५१ जनालाई मिर्गौला डायलाइसिस र ३१ जनालाई भेन्टिलेटरमा राखिएको छ । भारतीय दूतावासले ४० भारतीय अस्पताल भर्ना भएको जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend