Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: शेखर कोइराला


    शुक्रबार, भाद्र ६ २०८२
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा। शेखर कोइरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् ।

    काठमाडौँमा शुक्रवार ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरूको भएको बताए ।

    उनले सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ रु भन्ने सकारात्मक सोचका साथ अघि बढ्न जरुरी रहेको बताए । सांसद कोइरालाले कनिका छरेको जस्तो अनुदान दिएर विद्यालय विकास हुन नसक्ने बताए । उनले लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै शिक्षित समाज बनाउन जरुरी रहेको बताए ।

    सांसद कोइरालाले राज्यमा भएका सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेमा सरकारको ध्यान जानुपर्ने बताए । शिक्षाले नै विश्वलाई चिनाउन सक्ने भएकाले शिक्षामा पहिलो जोड दिनुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार