Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो, कुन पदमा कति ?


    शुक्रबार, भाद्र ६ २०८२
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ८४६ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ।

    सशस्त्र प्रहरी बल मानव स्रोत विभागले आज एक सूचना जारी गर्दै ठूलो संख्यामा जवान, भान्से, कुचीकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो । जवान ७८६ जना, भान्से २६, कुचीकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ गरी आठ सय ४६ जना माग गरिएको छ ।

    योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आगामी असोज ७ गतेसम्म दरखास्त दिन सक्नेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार