Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्या भण्डारी पक्षधरको सम्पर्क कार्यालय सञ्चालनमा, को-को पुगे ?


    बिहिबार, भाद्र ५ २०८२
    710
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । एमालेको विरोधका बिच सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएकी छन् ।

    भण्डारीले आज (बिहीबार) काठमाडौँको थापागाउँस्थित लाखेचौर मार्गमा रहेको एक घरबाट सम्पर्क कार्यालय सञ्चालनमा ल्याएकी हुन् । उक्त सम्पर्क कार्यालयको भण्डारी आफैले उद्घाटन गरेकी छन् । कार्यालयको उद्घाटनका लागि ईश्वर पोखरेल, युवराज ज्ञवाली, कर्ण थापालगायत एमालेका केन्द्रीय नेताहरू पुगेका छन् ।

    मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको संयोजक एमाले नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् भने विद्या संरक्षक छन् । यसअघि भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार