Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तारकेश्वरमा फरुवा प्रहार गरेर श्रीमतीको हत्या, श्रीमान पक्राउ


    बिहिबार, भाद्र ५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तारकेश्वर बुधबार राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

    हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१ बस्ने ३३ वर्षीय भीमसेन मग्राती छन् । उनले आफ्नै श्रीमती ३५ वर्षीया शर्मिला मग्रातीको हत्या गरेको आरोप छ ।

    विवाद भएपछि फरुवा प्रहार गरेर भीमसेनले श्रीमती शर्मिलाको हत्या गरेको प्रहरीले बताएको छ । भीमसेनलाई राति नै प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार