काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब २ महिनापछि प्रवक्ता तोकेको छ ।
आयोगले मंगलबार सहसचिव नारायणप्रसाद रिसाललाई प्रवक्ता तोकेको छ ।
आयोगका सहसचिव तारानाथ अधिकारी गएको पुस १ गते नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएपछि आयोगमा प्रवक्ता पद रिक्त भएको थियो ।