काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा जानुभन्दा पहिला चीन जाने भएका छन् ।
भारतको औपचारिक भ्रमणका लागि भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तो प्राप्त भए पनि भ्रमणको मिति तय भई नसकेको अवस्थामा प्रधानमन्त्री ओली चीनमा आयोजना हुने एक बैठकमा सहभागी हुन जाने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधवार मन्त्रीपरिषद् बैठकको भदौ २ गतेका निर्णय सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले सो जानकारी दिएका हुन् ।
सांघाई कोअपरेसन अर्गनाइजेसन ९एससीओ० को आयोजनामा चीनमा हुने बैठकमा प्रधानमन्त्री ओलीलाई चीन सरकारका तर्फबाट निम्तो रहेको जानकारी दिँदै मन्त्री गुरुङले सम्भवतः भारत भ्रमणभन्दा अघि चीनमा आयोजना हुने सो बैठकमा प्रधानमन्त्री सहभागी हुने बताए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend