Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • रवि लामिछानेको पक्षमा ३४ लाखले गरे हस्ताक्षर


    बिहिबार, भाद्र ५ २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा ३४ लाखले हस्ताक्षर गरेका छन्।

    पार्टी सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर संकलन अभियान जारी रहेको प्रवक्ता मनिष झाले बताए।

    उनका अनुसार आजसम्म ३४ लाखले हस्ताक्षर गर्दा ६५ लाख सहयोग संकलन भएको छ। हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालको देश यात्रामा निस्किएको उनले बताए।

    उनले भने, ‘हिजोदेखि सुदूरपश्चिमको कञ्चनपुरबाट पनि अभियानको सुरु भएको छ। यसको नेतृत्व सचिवालय सदस्य दीपक बोहरा गर्नुभएको छ।’

    रास्वपाले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै असार ७ गतेदेखि अभियानको सुरु गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार