Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशको अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना


    मंगलबार, माघ २० २०७७
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।

    मौसमविद्का अनुसार यो प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि भई गर्मी शुरु हुनेछ । हाल देशका पहाडी भूभागमा आशिंक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसो पहाडी भूभागमा आंशिक बदली रही प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव सात डिग्री र अधिकतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै वीरेन्द्रनगरको न्यूनतम तापक्रम आठ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार