Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँको गोठाटारमा १५ महिने बालिका बलात्कृत, ५९ वर्षीय गोले पक्राउ


    बुधबार, भाद्र ४ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा १५ महिने बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ गरेको छ ।

    मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–८ घर भएका गोलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

    पीडित बालिका उनकी २८ वर्षीया आमासँग गोठाटारमा डेरामा बस्थिन् । गोठाटारमा बस्दै आएका गोलेले ती बालिकालाई आफ्नो डेरामा लगेर भदौ २ मा जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराएको छ । आरोपी विरुद्ध अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार