Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या, एकजना पक्राउ


    बुधबार, भाद्र ४ २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम। रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

    गौरनगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा छुरा प्रहार गरी अन्दाजी २१ वर्षीय युवकको हत्या भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए ।

    उनका अनुसार आज दिउँसो २:४० बजे छुरा परिचय नखुलेका युवकमाथि छुरा प्रहार भएको हो । गम्भीर घाइते अवस्थामा युवकलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाने क्रममा उनको मृत्यु भएको डीएसपी कार्कीले बताए ।

    घटना स्थलबाट छुरा प्रहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका-३ का युवक मनोज राम रहेका छन् ।

    पक्राउ परेका उनीमाथि कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार