Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • फेरि बढ्यो अण्डाको मूल्य


    बुधबार, भाद्र ४ २०८२
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्यमा वृद्धि गरेको छ । बिहीबारदेखि लागू हुने गरी चितवनलाई आधार मानेर नयाँ मूल्य सूची सार्वजनिक गरिएको हो ।

    बुधबार सङ्घको बैठकको निर्णयअनुसार मूल्य समायोजन गरिएको हो ।
    सङ्घद्वारा जारी नयाँ मूल्य सूची अनुसार अब ठुलो अण्डाको मूल्य प्रति क्रेट ५३० रुपैयाँ र मिडियम अण्डाको मूल्य प्रति क्रेट ५१५ निर्धारण गरिएको छ ।

    सङ्घले चितवनबाट बाहिर पठाइने अण्डाका लागि लाग्ने ढुवानी तथा प्याकेजिङ खर्च पनि बढाएको छ । अब भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १४० अतिरिक्त शुल्क लाग्ने भएको छ ।

    यो नयाँ मूल्य यसअघि साउन ६ गतेदेखि लागू भएको मूल्यभन्दा केही बढी हो । पुरानो मूल्य सूची अनुसार ठुलो अण्डा प्रति क्रेट ५२५ मा बिक्री भइरहेको थियो भने मिडियम अण्डाको मूल्य ४९५ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार