Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नायिका शुष्मा कार्कीमाथि लण्डन पब क्याफेमा कुटपिट


    मंगलबार, माघ २० २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कहिले विवादित अभिव्यत्ति दिएर त कहिले टाटु खोपेर चर्चामा आइरहने ‘आइटम गर्ल’ नायिका शुष्मा कार्की अहिले फेरि चर्चामा छिन् । नायिका कार्की काठमाण्डौको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिने बताएपछि उनी चर्चामा आएकी हुन् ।

    आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको उनले सार्वजनिक रुपमा आरोप लगाएकी छिन् । सुष्माले नायिका स्वेता खड्काले समेत आफूलाई अपशब्द प्रयोग गरेको आरोप लगाएको कुरा बाहिर आएको छ ।

    तर, स्वेता खड्काले भने अहिलेसम्म मुख खोलेकी छैनन् । यस विषयमा नायिका कार्कीसँग प्रतिक्रिया लिन खोज्दा पछि कुरा गर्ने भन्दै बोल्न चाहिनन् । महानगरिय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले भने कुटपिट भयो भनेर मौखिक रुपमा बताए पनि लिखित रुपमा जाहेरी नआएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार