Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नुवाकोटमा बाँदरको आक्रमणबाट एक जनाको मृत्यु


    बुधबार, भाद्र ४ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाँदरको आक्रमणबाट नुवाकोटमा एक जनाको ज्यान गएको छ। जिल्लाको पन्चकन्या गाउँपालिका-२ कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीको बाँकदरको आक्रमणबाट मृत्यु भएको हो।

    बाँदरको आक्रमणबाट घाइते भएका नेपालीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको गाउँपालिकाकी उपप्रमुख विमला केसीले नेपालखबरलाई जानकारी दिइन्।

    नेपालीलाई बुधबार बिहान बाँदरको हुलले आक्रमण गरेको थियो। आफ्नै घरबारी पसेका बाँदर धपाउने क्रममा उनीमाथि आक्रमण भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार