Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • गौर हत्याकाण्डबारे छलफल गर्न मोर्चाको बैठक बस्दै


    बुधबार, भाद्र ४ २०८२
    550
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज बस्दैछ । बैठक आज साँझ ५ बजे थापागाँउस्थित जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

    बैठकमा गौर हत्याकाण्ड, रुपन्देही ३ को उपनिर्वाचनको तयारी र अन्य समसामयिक विषयमा छलफल हुने मोर्चाका नेता केशव झाले बताए ।

    सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेपछि मधेश केन्द्रित दलहरूमा तरंग ल्याएको छ । मोर्चामा आबद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव घटनाको मुख्य योजनाकारको रूपमा मानिन्छन् ।

    यस्तै मोर्चाले रुपन्देहीको उपनिर्वाचनमा नाउपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो । आन्तरिक विवादमा फसेपछि नाउपाले उपनिर्वाचनमा भाग लिन नै अयोग्य भएपछि संरक्षक रेशम चौधरीले उठाएका स्वतन्त्र उम्मेदवारलाई सघाउनेबारे पनि छलफल हुने छ ।

    बैठकमा उपसभामुखलाई हटाउन कांग्रेस–एमालेले अघि सारेको तयारीबारे पनि छलफल हुने बताइन्छ । प्रतिनिधि सभामा दुई तिहाइ बहुमत पु¥याउनको लागि मोर्चामा आबद्ध दलहरू नै निर्णायक छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार