काठमाडौं । फिनल्याण्डमा संसद भवन भित्रै एक युवा सांसद मृत भेटिएका छन् । सोसल डेमोक्र्याटिक पार्टीका ३० वर्षीय सांसद इमेली पेल्टोनेन मंगलबार बिहान राजधानी हेलसिन्कीस्थित मुख्य संसद भवनभित्रै मृत भेटिएका हुन् ।
बीबीसीका अनुसार मिर्गौला रोगसँग लडिरहेका पेल्टोनेनले आत्महत्या गरिएको अनुमान छ । घटनास्थल र उनको शव हेर्दा घटना शंकास्पद नभएकाले पेल्टोनेनले आत्महत्या गरेको हुनसक्ने अनुमान छ । घटनापछि फिनल्यान्डको सबै दलका राजनीतिज्ञहरूले दुःख व्यक्त गरेका छन् ।
पेल्टोनेन सन् २०२३ मा पहिलो पटक दक्षिणी उसिमान क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । उनी १८ वर्षको उमेरमै जार्भेनपा सहरको नगर परिषद् सदस्यमा र २२ वर्षको उमेरमा नगर बोर्डको अध्यक्षमा चुनिएका थिए । जुन पदमा पुग्ने उनी सबैभन्दा कान्छो व्यक्ति थिए ।
गत जुन महिनाको अन्त्यतिर पेल्टोनेनले सामाजिक सञ्जालमा आफू ‘मिर्गौलाको समस्या’ र त्यसपछिको संक्रमणका कारण केही हप्तादेखि संसदीय कामबाट टाढा रहेको जानकारी दिएका थिए ।
उनले अस्पतालबाट डिस्चार्ज भइसकेको तर स्वास्थ्य अवस्थाका कारण बिरामी बिदामा बसेर पूर्ण रूपमा निको हुनमा ध्यान केन्द्रित गरिरहेको बताएका थिए । उनको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले यस घटनामा अहिलेसम्म कुनै आपराधिक पक्ष जोडिएको नभेटिएको बताएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend