काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी र अवैध आवतजावत रोक्नको लागि थप कडाइ गर्न निर्देशन दिएका छन् ।
मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमान्डरहरूलाई सीमा सुरक्षासँग सम्बन्धी विविध विषयमा निर्देशन दिँदै उनले जवाफदेही र जिम्मेवार बन्न तथा चेनअफ कमाण्डलाई कायम राख्न मातहत सबै कमाण्डरहरुको उत्तिकै भूमिका हुने बताए ।
सीमा ईलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सूक्ष्म रूपमा निगरानी गरिरहेको र त्यसमा कतै कमीकमजोरी देखिएमा वा शंका लाग्नसाथ कुनै पनि कमाण्डर छानविन र कारवाहीको भागिदार बन्ने उनले बताए ।
हरेक कमाण्डर मुलुक, आम जनता र संगठनको हितमा विवेक प्रयोग गर्न स्वतन्त्र रहेको स्पष्ट पार्दै उनले असल कार्यको लागि मुख्यालयको आदेशको पर्खाइमा बस्नु नपर्ने बताए । उनले सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई सीमा क्षेत्रमा कार्य गर्दा अपनाउनुपर्ने आचरणका विषयमा समय–समयमा काउन्सिलिङ गर्दै आचरण विपरीत कार्य गर्ने माथि कठोर हुन समेत निर्देशन दिए ।
सीमा क्षेत्रबाट हुने अवैध आवतजावत रोक्नको लागि र शंकास्पद व्यक्ति देखिएमा त्यसलाई विशेष निगरानी गर्न र सीमा क्षेत्रलाई व्यवस्थित गर्न हर हालतमा चनाखो बन्न पनि उनले निर्देशन दिए ।
सो क्रममा सीमा जोडिएका क्षेत्रका सबै बाहिनी मुख्यालय, गण, गुल्म तथा बिओपी कमान्डरहरूलाई सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले त्यसक्षेत्रमा कार्यरत कमान्डरहरूले सीम अपराध रोकथामको लागि सरोकारवाला सबै निकाय सँगको समन्वय र सहकार्यमा कार्य गर्न निर्देशन दिए । सीमा क्षेत्रका स्थानीय बासिन्दा सँगको समन्वय र सहकार्य अझ महत्त्वपूर्ण रहेकाले त्यसमा समेत विशेष जोड दिन जरुरी रहेको उनले बताए ।
सीमा सम्बन्धी अभिलेखीकरण तथा त्यसको विविध पक्षहरूका बारेमा सबै तहका कमाण्डर जानकार हुनुपर्नेमा जोड दिँदै उनले प्रत्येक युनिटले गर्ने राम्रा कार्य र सफलता समग्रमा संगठन र मुलुकको सफलता सँग जोडिने भएकोले त्यसतर्फ अझ बढी संवेदनशिल हुन निर्देशन दिए । जटिल परिस्थितिमा प्रत्येक कमाण्डरले सही निर्णय लिन सक्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा सीमासँग जोडिएका बाहिनी मुख्यालय प्रमुखहरूले हाल सीमा क्षेत्रमा भइरहेका कामकारवाही सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गरेका थिए भने गण, गुल्म तथा विओपी कमान्डरहरूले समेत सीमा सुरक्षाको वर्तमान अवस्था, चुनौती र भावी योजनाको बारेमा जानकारी गराएका थिए ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend