Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यका बाहिर रहेका सांसदलाई काठमाडौँ फर्किन एमालेको निर्देशन


    मंगलबार, भाद्र ३ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेले काठमाडौँ उपत्यका बाहिर रहेका आफ्ना सांसदहरूलाई बुधबार बेलुकासम्म काठमाडौँ फर्किन निर्देशन दिएको छ ।

    नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको निर्देशनमा संसदीय दलबाट बाहिर रहेका सांसदहरूलाई बुधबारसम्म काठमाडौँ फर्किन भनिएको एक सांसदले बताए ।

    ‘बुधबारसम्म काठमाडौँ आइसक्न भनिएको छ, त्यसैले म पनि फर्कदैछु’, काठमाडौँ बाहिर रहेका एक सांसदले भने।

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी अनुसार एमालेले आफ्ना सांसदलाई काठमाडौँ बोलाएको बुझिएको छ ।

    मंगलबार मात्र कांग्रेस एमालेले खाली कागजमा सांसदहरूलाई हस्ताक्षर गराएका छन् । उपसभामुख रानामगरले पदीय आचरण विपरीत अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै हटाउन लागिएको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार