Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूको बैठक आह्वान


    मंगलबार, भाद्र ३ २०८२
    620
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। विपक्षी दलहरूको बैठक बोलाइएको छ। इन्दिरा रानालाई उपसभामुखबाट हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले बैठक बोलाएको हो।

    नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले केही बेरमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

    उपसभामुख हटाउने गरी सत्तारुढ दलहरूको तयारीपछि विपक्षी दलहरू पनि छलफलमा जुट्न लागेका हुन् ।

    ‘उपसभामुखलाई हटाउने भनेर हस्ताक्षर अभियान नै सुरु भइसकेपछि एकै छिन बसेको पदाधिकारी बैठक विपक्षी दलहरूसँग छलफल गर्नु उचित हुने राय दिएपछि बैठक आह्वान भएको हो,’ ‘प्रचण्ड’ सचिवालयका सदस्य गोविन्द आचार्यले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार