Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमालेले गल्ती गर्दै छन्, विरोध गर्छौ: प्रचण्ड


    मंगलबार, भाद्र ३ २०८२
    635
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् ।

    आज (मंगलबार) पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै आफ्नो पार्टीले विरोध गर्ने बताएका हुन् ।

    वर्तमान सरकार गठन भएदेखि नै गल्तीबाहेक राम्रो कुनै काम गर्न नसकेको प्रचण्डको टिप्पणी थियो । प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाती महिलालाई अनाहकमा हटाउने कोशिस गलत रहेको जिकिर गरे ।

    प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पित रहेको टिप्पणी गरे ।

    सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले हस्ताक्षर संकलन गरिसकेका छन् । अहिले सत्ता गठबन्धनको बैठक सिंहदरबारमा जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार