Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते


    मंगलबार, भाद्र ३ २०८२
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । झापाको दमक नगरपालिका–७ पशुडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

    आज बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोपी बोकेको ट्रक ९प्र१–०२–००२ ख ०९१२० ले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा मोटरसाइकल चालक उनका श्रीमान् ४३ वर्षीय सुकदेव गौतम सामान्य घाइते भएका छन् । उनको बाँया खुट्टामा चोट लागेको र अहिले दमक अस्पतालमा उपचार भइरहेको झापा प्रहरीले जनाएको छ ।

    मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक तेह्रथुमको लालीगुँरास नगरपालिका–४ का २५ वर्षीय आङदावा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार