काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।
सरकारले ओझाको योग्यताको विवाद सार्वजनिक भएपछि छानबिन गर्न गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य थिए। समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाउँदै ओझाको योग्यतामा प्रश्न उठाएको थियो।
समितिले ओझाको योग्यताबारे तीन वटा प्रश्न उठाएको थियो। समितिको अध्ययनअनुसार, बीमा प्राधिकरणको अध्यक्षका लागि आवश्यक उच्च व्यवस्थापन क्षेत्रको अनुभव ओझासँग पर्याप्त नभएको उल्लेख गरिएको छ। समितिले कानुनअनुसारको मापदण्ड पूरा गर्न उनीसँग सम्बन्धित क्षेत्रमा थप अनुभव आवश्यक पर्ने निष्कर्ष निकालेको हो।
स्रोतका अनुसार, समितिले उनको कार्यक्षमतामाथि पनि प्रश्न उठाउँदै कार्यशैली पदअनुकूल नभएको निष्कर्ष निकालेको छ। आचरण र नियमित कामकारवाहीमा देखिएका कमजोरीलाई समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। तर समितिले प्रतिवेदनमा पदमुक्तको सिफारिस भने नगरेको, अन्तिम निर्णय सरकारकै हातमा छाडिएको जनाएको थियो।
सरकारले गत १२ फागुनमा ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। नियुक्तिपछि अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा उनको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend