Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु, ५ जना घाइते


    सोमबार, भाद्र २ २०८२
    720
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ।

    उक्त घटनामा परी पाँच जना घाइते भएका छन् । रघुगङ्गा-५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा दुई मजदुर पुरिएका हुन्।

    उक्त घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

    त्यहाँ काम गर्ने नेपाली कामदारले एक नेपाली, एक विदेशी नागरिकको शव भेटिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार