बारा । सीमा क्षेत्रको सुरक्षा र भन्सारछली–चोरी–तस्करी नियन्त्रण गर्ने जिम्मा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको हो । तर सूचना संकलन गर्नेमात्र जिम्मोरी भएको राष्ट्रिय अनुसन्धान बिभाग अन्तर्गतको बाराका एक सूचकका कारण ब्यापारीदेखि सर्वसाधारण समेत आजित छन् ।
राष्ट्रिय अनुसन्धान कार्यालय बारामा कार्यरत सूचक जितेन्द्र यादवले ब्यापारी र घरायसी प्रयोजनका सामान ल्याउने सर्वसाधारणलाई समेत पैसा माग्ने, नदिए भिडियो खिचेर मिडियामा पठाएर बदनाम गरिदिन्छु भन्दै तर्साउने गरेको गुनासो गर्दा पनि कार्यालय प्रमुखबाट सुनुवाइ हुन नसकेको समाचार छ । विगत ६ बर्षदेखि बारामा सरुवा हुने राष्ट्रिय अनुसन्धान कार्यालयका हरेक प्रमुखले उनलाई सीमाक्षेत्रमा घुमुवाका रुपमा खटाएर लाभ लिने गरेको आरोप छ ।
हाल बाराका राष्ट्रिय अनुसन्धान प्रमुख सरोज निरौला छन् । यसअघिका प्रमुख दीपक खड्का थिए । खड्काले नै सीमा क्षेत्रमा यादवलाई परिचालन गरी असुली गर्न लगाएका थिए । जसका बारेमा यसअघि पनि नेपालफेसले उजागर गरेको थियो । निरौला सरुवा भएपछि पनि सूचक यादवको सीमा क्षेत्रमा चर्को दादागिरी छ । २–४ हजारको घरायसी सामान ल्याउनेहरुसँग पनि उनले घुस माग्ने र नदिए भिडियो खिचेर मिडियामा पठाइदिन्छु भनेर तर्साउने गरेको आरोप छ ।
बाराका प्रमुख जिल्ला अधिकारीको समेत नाममा सूचक यादवले रकम उठाउने गरेको आरोप छ । सूचक यादवले कतिपय ब्यापारीलाई प्रहरी र सशस्त्रको क्राइमको असई समेत भन्दै तर्साउँदै असुल्न गरेको आरोप लाग्ने गरेको छ । केही महिनाअघि छतवाको बरैनिया बजारमा ब्यापारीहरुसँग पैसा माग्ने क्रममा उनलाई स्थानीयले कुटपिट नै गरेका थिए । तर पनि उनलाई राष्ट्रिय अनुसन्धानका एसपी निरौलाले उनलाई असुलीमा खटाउँदैआएका छन् ।
बाराका सिम्रौनगढ, छतवा, मटिअर्वा, मुसहरवा नाकाबाट कारोबार गर्ने ब्यापारीसँग सूचक यादवले सीडीओ र राअ प्रमुखको नाममा घुस लिने गरेको स्रोत बताउँछ ।
जितेन्द्र यादव राष्ट्रिय अनुसन्धानको स्थायी कर्मचारी समेत नभएको खुलेको छ । उनलाई करारमा राखी घुमुवाका रुपमा हाकिमहरुले असुलीमा लगाएको स्रोतले बताएको छ । तर उनले ठाउँ अनुसार कहिले रा अ को असई त कहिले नेपाल प्रहरी र सशस्त्रको असई समेत भन्दै ब्यापारीहरुलाई तर्साउने र घुस लिने गर्दैआएका छन् ।
राष्ट्रिय अनुसन्धान बिभाग बाराका सूचक जितेन्द्र यादवले आफूले त्यसरी असुली नगरेको बताए । सीमा क्षेत्रमा खटिनुभएको त हो नि भन्ने प्रश्नमा उनले भने–म कहिले कलैया, कहिले कता जान्छु, रिपोर्ट बनाउँछु । बुझाउँछु ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend