काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ९ अंकभन्दा धेरै बढेको छ । आइतबारको तुलनामा नेप्से कारोबार रकम डेढ अर्बले घटे पनि परिसूचक भने सकारात्मक भएको हो ।
धितोपत्र बजारमा सूचिकृत अधिकांश कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरण आइसकेको अवस्था छ । सेयर लगानीकर्ताले पनि कुन कम्पनीले कस्तो प्रतिफल दिन्छ भन्ने पूर्वानुमान गरिसकेको हुनाले पनि सोमबार नेप्से परिसूचकमा सुधार आएको हुन सक्छ । सोमबार कारोबार सुरु हुँदादेखि बढ्न थालेको नेप्से करिब एक घण्टापछि घटेको थियो ।
कारोबार सुरु हुँदा २७६१.२२ अंकमा रहेको नेप्से सूचक ९.१६ अंकले बढेर २७७०.३९ अंक पुगेको छ । सोमबार नेप्सेमा कारोबार भएका बैंक, विकास बैंक, जलविद्युत् क्षेत्रका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ ।
नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २.५३, विकास बैंक १८.३३, फाइनान्स २.२९, होटल र पर्यटन १७.१९, जलविद्युत ३४.७७, लगानी ०.४८, जीवन बीमा ४२.६६, उत्पादनमूलक ३७.७५, लघुवित्त ५.२०, निर्जीवन बीमा ४७.४५ र व्यापार समूह ५३.३८ अंकले बढेका छन् । तर, सोमबार सामूहिक लगानी कोष ०.१० र अन्य समूहगत सूचक १५.४३ अंकले घटेका छन् ।
सोमबार नेप्सेमा कारोबार भएकामध्ये १ सय ७५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी ७४ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । सोमबार नेप्सेमा ३ सय २० कम्पनीको ६७ हजार ९ सय ९५ कारोबारबाट ६ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा थोरै हो । आइतबार नेप्सेमा ७ अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो ।
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend