Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा


    सोमबार, भाद्र २ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

    दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।

    उनले आफूले अभियान मात्रै चलाउँदा धेरै किसीमको अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताएका छन् । ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ प्रसाईंले भने ।

    उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् । ‘म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु,’ प्रसाईंले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार