Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोमबार सुन चाँदीकै भाउ बढ्यो, तोलाको कति पुग्यो ?


    सोमबार, भाद्र २ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको हो

    आज छापवाल सुन प्रतितोला एक लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार पाँचसय रुपैयाँ थियो।

    गएको शुक्रबार तोलामा ६ सय घटेको सुनको मूल्य आइतबार थप सातसय रुपैयाँ घटेको थियो। गत साताका पाँच दिन लगातार घटेको सुनको मूल्य बिहीबार थोरै बढेको थियो।

    आज चाँदीको मूल्य पनि थोरै बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर दुईहजार तीन १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार