Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले त्यागेका शाहले वडाध्यक्षबाट पनि दिए राजीनामा


    सोमबार, भाद्र २ २०८२
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ । घोराही उपमहानगरपालिका– ८ का अध्यक्ष जितेन्द्रबहादुर शाहले राजीनामा दिएका छन्।

    घोराही उपमहानगरपालिकाको आज (सोमबार) बसेको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत गरेको हो।

    गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शाह नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए। अध्यक्ष शाहले जनताको काम गर्न नसकेको भन्दै नगरप्रमुख नरुलाल चौधरीसमक्ष केही महिना अघि राजीनामा बुझाएका थिए।

    उनको ठाउँमा वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए।

    अध्यक्ष शाहले यसअघि विज्ञप्ति मार्फत् एमालेमा नरहेको जानकारी गराउँदै आएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार