काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने बताएका छन्।
मुलुकी संहिता दिवसका अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सोमबार बिहान काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र कानुन कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
संविधान जारी भएपछि संसद्बाट पारित भएको मुलुकी संहिता(२०७४ गएको २०७५ साल भदौ १ गतेदेखि कार्यान्वयनमा आएको थियो। त्यसकै सम्झनामा आज मुलुकी संहिता दिवस मनाइँदैछ।
कार्यक्रममा ओलीले भने, ‘हामीले कार्यान्वयन र अनुभवका आधारमा विभिन्न कानुन संशोधन र नयाँ कानुन ल्याउने गरेका छौँ। धेरै विधेयकहरु संसद्को यसै अधिवेशनमा ल्याएका छौँ। यो शिलशिला अगाडि बढिरहन्छ। तर अब प्रतिगामी कानुन आउन सक्दैन।’
उनले आफूहरु राजनीतिक लोकतन्त्रमा मात्रै सीमित नभई परिपूर्ण लोकन्त्रका पक्षमा रहेको बताए।
‘यसमा कहीँ पनि असमानता, भेदभाव र थिचोमिचो मानिँदैन। मुलुकी संहितामा देखिएका कमीकमजोरी लाई संशोधन गर्नुपर्छ तर यहाँ बहुविवाहलाई मान्यता दिन कानुन आउन लाग्यो भनेर हल्लाको पछि कुद्नेहरु पनि छन्। यस्तो मान्यता आजको समाजले दिन्छ भनेर सोच्न सकिन्न,’ ओलीले भने, ‘लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउँदैन। जनतालाई छिटो र सही न्याय दिन हामी सबैको प्रयास हुनुपर्छ। सरकारका तर्फबाट यसमा साथ रहन्छ।’
काठमाडौँ। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका...
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकले नेपाल राष्ट्र बैंक,२०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त...
तनहुँ ।जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नं १ का भूमिहिन सुकुम्बासी तथा भूमिहिन दलित १० परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको...
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ । ...
काठमाडौं। चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला परेको छ। रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण सुरुङभित्र फसेकाहरूको खोजी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend