काठमाडौं । हमासले बन्धक बनाएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीका आमा र बहिनीले इजरायलका राष्ट्रपति इसाक हरजोग र संसद् अध्यक्ष अमिर ओहानसँग भेट गरेका छन् ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले त्यहाँका राष्ट्रपति र संसद् अध्यक्षसँग भेट गरेका हुन् ।
विपिनको रिहाइका लागि पहल गर्न गत साउन २६ गते इजरायल पुगेका उनीहरुले विपिनको रिहाइका लागि अनुरोध गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाार्फत जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ ।’
हमास समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली विपिनको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग आफूले यस विषयमा फोन संवाद गरी ध्यानाकर्षण गराएको जानकारी गराएका छन्।
उनले भनेका छन्, ‘सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ ।’ यस क्रममा प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैलाई विशेष धन्यवाद पनि दिएका छन् ।
कञ्चनपुरका विपिन सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसबाट ‘लर्न एन्ड अर्न’ अर्थात् सिक्दै, कमाउँदै कार्यक्रममार्फत २०८० भदौ अन्तिम साता इजरायल गएका थिए ।
तर सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा हमला गर्ने क्रममा इजरायली नागरिकहरूसँगै उनलाई पनि लगेर गाजामा बन्धक बनाएको बताइन्छ । त्यसयता विपिन २०८० असोज २० देखि परिवारको सम्पर्कमा छैनन् । उनी हमासकै कब्जामा रहेको भनिए पनि जीवित छन् कि छैनन्, अहिलेसम्म पुष्टि हुन सकेको छैन ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend