Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै


    मंगलबार, माघ २० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतमा परेको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ । प्रचण्डविरुद्ध अधिवक्ता समीर हायूले दर्ता गरेको रिटमा आज सुनुवाइ हुने भएको हो ।

    अधिवक्ता हायूले प्रचण्डले पटक-पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा दर्ता गराएका थिए । प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी रिटमा गरिएको छ ।

    सर्वोच्चमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन छ । उनीहरुलाई बिहीबार अदालतले ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार