Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज अर्थसहित तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा


    सोमबार, भाद्र २ २०८२
    540
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज (सोमबार) संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्ने भएको छ ।

    अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल हुनेछ।

    यस्तै, विधायन व्यवस्थापन समितिको बैठक ११ बजे बस्नेछ। बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी सैद्धान्तिक छलफल हुने संसद् सचिवालयले जनाएको छ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार