Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • देउवालाई भेट्न बुढानीलकण्ठ पुगे भारतीय विदेश सचिव मिश्री


    आइतबार, भाद्र १ २०८२
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

    बुढानीलकण्ठस्थित निवास पुगेर विदेश सचिव मिश्रीले सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्। नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफलमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ।

    विदेश सचिव मिश्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौँ आएका हुन्। उनले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार