Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोल्पामा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु, एक जना गम्भीर बिरामी


    आइतबार, भाद्र १ २०८२
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर बिरामी परेका छन् ।

    मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका–२ राङसीकी ७४ वर्षीया नर्मला वली रहेकी छन् । २७ साउनमा जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा वली र उनका श्रीमान ८१ वर्षीय भागीराम वली बिरामी भएका थिए ।

    स्थानीय मेडिकलमा उपचारपछि दुवै जनालाई २९ साउनमा थप उपचारका लागि दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको थियो ।

    उपचारको क्रममा वलीको मृत्यु भएको अस्पताललाई उदृत गर्दै रोल्पा प्रहरीले जनाएको छ । भागीराम वलीको अवस्था गम्भीर रहेको र उनको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार