Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता


    आइतबार, भाद्र १ २०८२
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

    आजै काठमाडौँ आएका विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेसँगै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न पुगेका हुन् ।

    राष्ट्रपति पौडेललाई भेट्न उनी शीतल निवास पुगेका थिए । सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आएका हुन् ।

    सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय गरेका मिश्री आजै सबै महत्त्वपूर्ण भेटवार्ता गर्ने बताइएको छ ।

    मिश्री यही भदौ ३१ गते हुने प्रधानमन्त्री ओलीको तयारीको लागि काठमाडौं आएका हुन् । आज हुने भेटवार्ताहरूमा भ्रमणका एजेन्डाका विषयमा पनि छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार