काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारतीय समकक्षी नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको निम्तो बुझाएका छन् ।
दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका मिस्रीले परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल भ्रमण गरेका हुन् ।प्रधानमन्त्री ओली भदौ ३१ देखि भारत भ्रमणमा जाने भएका छन् । उनी असोज २ सम्म भारत भ्रमणमा रहनेछन् ।
उनको भ्रमण बिहारको बोधगयामा केन्द्रित हुनेछ, जहाँ उनले मोदीसँग भेटवार्ता गर्नेछन् । बुद्धले ज्ञान प्राप्त गरेको महाबोधी सांस्कृतिक केन्द्रमा हुने यो वार्तामा बिहारका मुख्यमन्त्री नितीश कुमार र अन्य उच्च अधिकारीहरूले ओलीलाई स्वागत गर्नेछन् ।
ओलीले बोधगयापछि नालन्दा विश्वविद्यालयको भ्रमण गरी विशेष समारोहलाई सम्बोधन गर्नेछन्, जहाँ उनलाई मानार्थ डी-लिट उपाधि प्रदान गरिने सम्भावना छ । मोदीले ओलीका लागि दिवाभोजको आयोजना गर्नेछन्, र दुवै नेताबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता र संयुक्त पत्रकार सम्मेलन हुनेछ ।
मिस्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट्ने छन् । भेटमा नेपाल-भारत साझेदारी, पूर्वाधार, र विकास सहयोगका विषयमा छलफल हुनेछ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend